आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान
जलसरोकार
काठमाडौं: मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन सामान्यभन्दा केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेका कारण वर्षा हुने क्रम भने जारी रहने उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । यस अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ । यस अवधिमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता