भैरहवामा भारी वर्षाले डुबान, जनजीवन प्रभावित
जलसरोकार
भैरहवा: गएरातिदेखि परेको भारी वर्षाका कारण भैरहवा र आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
विशेषगरी भैरहवा–३ खजहना, वडा नम्बर ६ भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकमा पानी भरिँदा पैदलयात्रीदेखि सवारीसाधनसम्मलाई समस्या भएको छ । स्थानिय बासिन्दाका घर र पसलमा समेत पानी पसेको छ ।
सहरकै महत्त्वपूर्ण भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र आफन्तलाई अस्पतालसम्म पुग्न र भित्रै आवतजावत गर्न असहज भएको छ । त्यस्तै, हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा पनि पानी जम्दा यात्रुहरू प्रभावित भएका छन् ।
भारी वर्षाका कारण सडक यातायातसमेत अवरुद्ध बनेको छ । कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारिएको र समयमा सफाइ नगरेकै कारण वर्षेनि डुबानको समस्या दोहोरिने गरेको डुबान पीडित स्थानीय अजय गुप्ताले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मितेरी पुल बग्दा रसुवा भन्सारको राजस्व लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा