भैरहवामा भारी वर्षाले डुबान, जनजीवन प्रभावित
जलसरोकार
भैरहवा: गएरातिदेखि परेको भारी वर्षाका कारण भैरहवा र आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
विशेषगरी भैरहवा–३ खजहना, वडा नम्बर ६ भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकमा पानी भरिँदा पैदलयात्रीदेखि सवारीसाधनसम्मलाई समस्या भएको छ । स्थानिय बासिन्दाका घर र पसलमा समेत पानी पसेको छ ।
सहरकै महत्त्वपूर्ण भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र आफन्तलाई अस्पतालसम्म पुग्न र भित्रै आवतजावत गर्न असहज भएको छ । त्यस्तै, हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा पनि पानी जम्दा यात्रुहरू प्रभावित भएका छन् ।
भारी वर्षाका कारण सडक यातायातसमेत अवरुद्ध बनेको छ । कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारिएको र समयमा सफाइ नगरेकै कारण वर्षेनि डुबानको समस्या दोहोरिने गरेको डुबान पीडित स्थानीय अजय गुप्ताले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड