आगामी २४ घण्टामा देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
जलसरोकार
काठमाडौं : नेपालभर हाल कमजोर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टाको मौसम विश्लेषण अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सोही क्षेत्रका पहाडी भू-भागका केही स्थानहरूमा र देशका अन्य भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। मौसमविद्हरूले कोशी र मधेश प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा भारी वर्षा समेतको सम्भावना रहेको जनाएका छन्।
हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको र देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। यद्यपि स्थानीय वायु, पश्चिमी वायु प्रणाली तथा भू-आकृतिको प्रभावले कतिपय स्थानमा वर्षा हुने देखिएको हो।
महाशाखाले सम्भावित वर्षाका कारण नदी-नाला र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा