आगामी २४ घण्टामा देशका केही भू-भागमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) देशका केही भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम पूर्वानुमान अनुसार कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा दिनभर साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पनि वर्षा हुने देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
रातिको समयमा पनि देशभर साधारणतया बदलीको अवस्था रहनेछ। मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका केही पहाडी तथा तराई भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको पहाडी भू-भागमा राति पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
मौसमी विश्लेषणअनुसार, मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्रमा, औसतभन्दा उत्तरतिर सरेको (अहिलेको मौसम अवस्था नेपालतिर सक्रिय रहेको, र त्यसले गर्दा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना बढी रहेको) छ। यद्यपि, देशभर मनसुनको प्रभाव कायम भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले पहाडी क्षेत्रमा बाढी, पहिरो र ढुंगा खस्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा