आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेकाले आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा अन्य क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। मधेस प्रदेश र कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा