आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेकाले आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा अन्य क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। मधेस प्रदेश र कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड