देशका केही स्थानमा भारी वर्षाको सम्भावना, उच्च पहाड र हिमाली भेगमा हिमपातको जोखिम
जलसरोकार
काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्यतयाभन्दा केही उत्तरतर्फ सरेकोले वर्षाको गतिविधिमा वृद्धि हुने सम्भावना देखिएको छ।
आज सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा अन्य स्थानहरूमा थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
यसैबीच, मौसमविद्हरूले भूस्खलन, बाढी र पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड