कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर मनसुनी प्रणालीको प्रभाव जारी रहँदा आगामी २४ घण्टासम्म देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्हरूले बताएका छन्।
मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत देखिएको छ।
आज राति पनि यस्तै खालको मौसमी अवस्था रहने अनुमान छ। रातिको समयमा समेत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
सावधानीका लागि मौसमविद्हरूले सम्भावित भारी वर्षाका क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता