कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले नेपालमा मनसुन केही कमजोर भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको क्रम भने निरन्तर रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। मधेस, कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा