कोशी–गण्डकी–लुम्बिनीमा भारी वर्षाको सम्भावना, पहाडी क्षेत्रमा पहिरोको जोखिम, सतर्क रहन आग्रह
जलसरोकार
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ ।
आज राति पनि देशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । यस अवधिमा गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा