कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: देशभर आज साधारणतया बदली रहने मौसम विज्ञहरूले बताएका छन् । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा समेत वर्षा हुने देखिन्छ।
बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, अर्को विवरणअनुसार सुदूरपश्चिमका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको मौसमविद्हरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा