कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव कमजोर रहे पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिनभरि सबै प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ ।
त्यसैगरी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने भारी वर्षा समेत हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षा हुने सम्भावना भएकाले पहाडी क्षेत्रमा पहिरो, नदी–नाला तथा खोला–खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा