कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव कमजोर रहे पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिनभरि सबै प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ ।
त्यसैगरी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने भारी वर्षा समेत हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षा हुने सम्भावना भएकाले पहाडी क्षेत्रमा पहिरो, नदी–नाला तथा खोला–खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली