अगामी २४ घण्टामा देशभर बदली र वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आगामी २४ घण्टासम्म धेरैजसो स्थानमा बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि यस्तै अवस्था रहने बताइएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ।
मौसम विश्लेषणअनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।
महाशाखाले नदी किनार तथा पहिरो सम्भावित क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक सुरक्षात्मक उपायहरू लिन अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा