आज रातिदेखि भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ, जसलाई मध्यम वर्षा मानिन्छ । “५० मिलिमिटरभन्दा बढी वर्षा भएपछि मात्र भारी वर्षा भनिन्छ,” अधिकारीले बताए,“आज रातिदेखि भने भारी वर्षा हुने सम्भावना छ ।”
उनका अनुसार बागमती, कोशी र मधेस प्रदेशमा आज दिनभर मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा फाटफुट पानी परेको छ । गण्डकी र बागमतीका उच्च हिमाली भेगमा हिमपातसहितको वर्षा भएको जानकारी दिइएको छ ।
विभागका अनुसार बुधबारदेखि सुरु भएको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने अनुमान छ । यस अवधिमा सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ । साथै, पदयात्रा वा लामो दूरीका यात्रामा निस्कनु अघि मौसमको अवस्था बुझ्न विभागले अनुरोध गरेको छ ।
धान काट्ने समय रहेकाले विभागले किसानलाई विशेष सतर्क रहन आग्रह गरेको छ । भारी वर्षाको सम्भावना भएकाले अहिले धान काट्न नहुने र मौसम सुधारपछि मात्रै काट्न सुझाव दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापानबीच २ अर्ब ६० करोड रुपैयाँ अनुदान सम्झौता
-
ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन इप्पानबाट सहयोग
-
सेयर बजार ३४.२२ अंकले वृद्धि, कारोबार रकम ७ अर्ब
-
आज रातिदेखि भारी वर्षाको सम्भावना
-
२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण
-
बिहीबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो