कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान
जलसरोकार
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ सक्रिय छ ।
दिउँसोको अवस्था
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागसहित केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ ।
यी चारै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ ।
रातिको अवस्था
राति पनि देशभर सामान्यतया बदली रहनेछ ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरी–बतासको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
सावधानीः भारी वर्षाको सम्भावनाले गर्दा बाढी, पहिरो र सवारी आवागमनमा अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड