देशभर बदली रहने, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टासम्म देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। कोशी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही भू-भागमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
मौसम विश्लेषण अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको उल्लेख गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड