देशभर बदली रहने, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टासम्म देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। कोशी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही भू-भागमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
मौसम विश्लेषण अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको उल्लेख गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा