कोशी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर मनसुन सक्रिय रहेका कारण आगामी २४ घण्टासम्म देशका धेरै भागहरूमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको मौसमी विश्लेषण अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ केही उत्तरतिर सरेको छ, जसले वर्षाको गतिविधिमा थप तीव्रता ल्याउने संकेत दिएको छ।
बुधवार दिउँसोको अवस्थाबारे जानकारी दिँदै विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना जनाएको छ। ती प्रदेशहरूभित्र विशेष गरी कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि छ। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी समेत चल्न सक्ने देखिएको छ।
आज रातिको लागि पनि देशभर आंशिकदेखि साधारण बदली रहने र कोशी, मधेश, सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातसमेतको सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसमी जोखिमका कारण विशेष गरी पूर्वी तथा तराई क्षेत्रका नागरिकहरूलाई सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता