कोशी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : देशभर मनसुन सक्रिय रहेका कारण आगामी २४ घण्टासम्म देशका धेरै भागहरूमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको मौसमी विश्लेषण अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ केही उत्तरतिर सरेको छ, जसले वर्षाको गतिविधिमा थप तीव्रता ल्याउने संकेत दिएको छ।
बुधवार दिउँसोको अवस्थाबारे जानकारी दिँदै विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना जनाएको छ। ती प्रदेशहरूभित्र विशेष गरी कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि छ। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी समेत चल्न सक्ने देखिएको छ।
आज रातिको लागि पनि देशभर आंशिकदेखि साधारण बदली रहने र कोशी, मधेश, सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातसमेतको सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसमी जोखिमका कारण विशेष गरी पूर्वी तथा तराई क्षेत्रका नागरिकहरूलाई सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात