दुई दिन भारी वर्षाको चेतावनी, ६ प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षाको जोखिम
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबार र आइतबार (साउन २ र ३ गते) देशका अधिकांश भूभागमा मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शनिबार जारी गरेको विशेष मनसुन बुलेटिन-२ अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जान सक्ने र शहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
महाशाखाले भारतको खाडी क्षेत्रमा विकसित भएको ‘न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशातर्फ अघि बढ्दै आएकाले’ त्यसको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ। मौसमविद्का अनुसार भारतको खाडी क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतर्फ सर्दै जाँदा त्यसले बंगालको खाडीबाट बढी आर्द्रता (जलवाष्पयुक्त हावा) तान्ने वातावरण बनाएको छ। यही अतिरिक्त आर्द्रताका कारण नेपालमा मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना बढेको हो।
यसका कारण वर्षाबाट प्रभावित हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता