तराईका केही भू-भागमा तातो हावाको असर, पहाड-हिमालमा घना तुवाँलोको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो चेतावनी नक्साअनुसार देशका अधिकांश भू-भागमा तत्काल ठूलो मौसमीय जोखिम देखिएको छैन । तर तराईका केही जिल्लामा तातो हावाको असर देखिन थालेको र पहाडी तथा हिमाली भू-भागमा तुवाँलो र कुहिरोको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
नक्साअनुसार लुम्बिनी र मधेश प्रदेशका तराई भू-भागका केही जिल्लाहरू ‘सावधान हुनुपर्ने’ स्तरमा राखिएका छन् । ती क्षेत्रमा दिनको समयमा तातो हावा (Heat Wave) का कारण जनजीवन प्रभावित हुनसक्ने विभागको अनुमान छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूले दिउँसो घाममा लामो समय नबस्न, प्रशस्त पानी सेवन गर्न र अत्यावश्यक बाहेक बाहिर ननिस्कन सल्लाह दिइएको छ ।
यस्तै, पहाडी र हिमाली भू-भागका धेरै स्थानमा कुहिरो तथा तुवाँलो देखिन सक्ने भएकाले हवाई तथा स्थल यातायातमा आंशिक असर पर्न सक्ने विभागको भनाइ छ । विशेषगरी बिहान र रातिको समयमा दृश्यता घट्ने भएकाले सवारी साधन चलाउँदा अतिरिक्त सावधानी अपनाउन भनिएको छ ।
हाल देशका अधिकांश क्षेत्र ‘चेतावनी छैन’ (No Warning) श्रेणीमै रहे पनि मौसमको अवस्था छिटो परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम बुलेटिन र अद्यावधिक सूचनामा ध्यान दिन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा, केन्द्रीय महिला परिषद्को अध्यक्ष
-
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
-
संघीय निजामती सेवा विधेयक : सुधारको नाममा अर्को भद्रगोल हुनुहुँदैन
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग