आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार (जेठ १९ गते) का लागि जारी गरेको मौसमजन्य जोखिमको पूर्वसूचना नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहे पनि तराईका केही जिल्लामा तातो हावा (Heat Wave) को प्रभाव कायम रहने देखिएको छ।
महाशाखाले सार्वजनिक गरेको ‘डे-२ वार्निङ म्याप’ अनुसार मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका दक्षिणी तराईका केही जिल्लाहरूलाई पहेंलो (Be Updated) संकेतसहित तातो हावाको जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। पहेंलो संकेतले मौसमजन्य जोखिमबारे सतर्क रहन र नियमित रूपमा अद्यावधिक सूचना लिनुपर्ने जनाउँछ।
नक्साअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली जिल्लामा वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने संकेत गरिएको छ।
महाशाखाले देशभर हरियो संकेत (No Warning) बढी देखिएकाले व्यापक स्तरको मौसमजन्य जोखिम नरहेको जनाएको छ। तथापि, वर्षा हुने क्षेत्रका बासिन्दालाई चट्याङ, पहिरो तथा स्थानीय बाढीको जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
यस्तै, तातो हावाको प्रभाव रहने तराई क्षेत्रका नागरिकलाई अत्यधिक घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन तथा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन्।
महाशाखाले मौसमको अवस्थाबारे नियमित अद्यावधिक सूचना तथा पूर्वानुमानलाई ध्यानपूर्वक पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता