तराईमा गर्मी बढ्दै, तीन दिन सतर्कता अपनाउन मौसम विभागको आग्रह
जलसरोकार
काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई तातोबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूति पोखरेल ले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागको पूर्वानुमानअनुसार आगामी दिनमा धनगढी को अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्नेछ। त्यसैगरी नेपालगञ्ज र भैरहवा मा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। साथै वीरेन्द्रनगर र घोराही मा पनि तापक्रम वृद्धि हुने विभागले जनाएको छ।
प्रवक्ता पोखरेलले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त मात्रामा पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उच्च तापक्रमका कारण गर्मीजन्य स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
विभागले आगामी केही दिन मौसमको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता