देशका अधिकांश तराई क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : देशभर पश्चिमी वायूको आंशिक प्रभावका कारण आगामी २४ घण्टासम्म तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ पुष २४ गते बिहीबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार आज दिउँसो तराई क्षेत्रका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो देखिनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि तराई क्षेत्रका धेरै स्थानहरूमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
मौसमविद्हरूले विशेषगरी बिहान र रातिको समयमा तराई क्षेत्रमा दृश्यता कम हुने भएकाले सवारीसाधन चलाउँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा अधुरै
-
धादिङ–नुवाकोट २२० केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न
-
जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर
-
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित
-
देशका अधिकांश तराई क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा