देशका अधिकांश तराई क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : देशभर पश्चिमी वायूको आंशिक प्रभावका कारण आगामी २४ घण्टासम्म तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ पुष २४ गते बिहीबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार आज दिउँसो तराई क्षेत्रका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो देखिनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि तराई क्षेत्रका धेरै स्थानहरूमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
मौसमविद्हरूले विशेषगरी बिहान र रातिको समयमा तराई क्षेत्रमा दृश्यता कम हुने भएकाले सवारीसाधन चलाउँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता