सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तराईमा हुस्सु, पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

जलसरोकार
बुधबार, पुस ३०, २०८२ | ०९:२३:५१ बजे

 

काठमाडौँ, : आगामी २४ घण्टामा तराई भू–भागका केही स्थानहरूमा लागेको हुस्सु तथा कुहिरो मध्यान्हसम्म क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले आज राति तराईका केही स्थानहरूमा पुनः हुस्सु लाग्ने जनाएको छ। यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सुका कारण विशेषगरी बिहान र रातिको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : बुधबार, पुस ३०, २०८२ | ०९:२३:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया