सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तराईमा हुस्सु–कुहिरो, पहाडी भेगमा आंशिक बदली

जलसरोकार
शनिबार, पुस १२, २०८२ | १०:४०:२१ बजे

 

काठमाडौँ  : देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहँदा तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

महाशाखाले आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यस्तै आज राति पनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रको मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, पुस १२, २०८२ | १०:४०:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया