तराई र उपत्यकामा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ, : देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायमै रहने जनाएको छ। प्रतिकूल मौसममा सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा, केन्द्रीय महिला परिषद्को अध्यक्ष
-
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
-
संघीय निजामती सेवा विधेयक : सुधारको नाममा अर्को भद्रगोल हुनुहुँदैन
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग