तराईमा हुस्सु–कुहिरो कायमै, पहाड र हिमालमा मौसम प्रायः सफा
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा भने दिनभर हुस्सु–कुहिरोको प्रभाव देखिने अनुमान छ।
आज राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु कायम रहने छ। पहाडी र हिमाली भू–भागमा भने मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले जनाएका छन्। यसका कारण बिहान र रातिको समयमा तराईमा चिसो र कुहिरोको असर बढी देखिन सक्ने बताइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर
-
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित
-
देशका अधिकांश तराई क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा
-
महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
-
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे महासंघ अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता
-
ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित