तराईमा हुस्सु–कुहिरो कायमै, पहाड र हिमालमा मौसम प्रायः सफा
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा भने दिनभर हुस्सु–कुहिरोको प्रभाव देखिने अनुमान छ।
आज राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु कायम रहने छ। पहाडी र हिमाली भू–भागमा भने मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले जनाएका छन्। यसका कारण बिहान र रातिको समयमा तराईमा चिसो र कुहिरोको असर बढी देखिन सक्ने बताइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता