तराईमा हुस्सु–कुहिरो, उच्च पहाड र हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशभर पश्चिमी वायूको प्रभाव कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु\कुहिरो लाग्नेछ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि तराईका धेरै स्थानमा हुस्सु रहने अनुमान छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदै गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमका कारण दैनिक जनजीवन, यातायात तथा स्वास्थ्यमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता