तराईमा हुस्सु–कुहिरो, उच्च पहाड र हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशभर पश्चिमी वायूको प्रभाव कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु\कुहिरो लाग्नेछ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि तराईका धेरै स्थानमा हुस्सु रहने अनुमान छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदै गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमका कारण दैनिक जनजीवन, यातायात तथा स्वास्थ्यमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने ऊर्जा मन्त्री घिसिङको तयारी
-
पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
-
सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
-
हिउँदे आगन्तुक जलपक्षी गणना हुने
-
दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग