तराईमा हुस्सु–कुहिरो, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहने जनाएको छ । २०८२ साल पुस २२ गते मंगलबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी, आज राति तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ ।
मौसमविद्हरूले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
-
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे महासंघ अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता
-
ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित
-
चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो
-
ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक पर्यावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ
-
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो