तराईमा हुस्सु–कुहिरो, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहने जनाएको छ । २०८२ साल पुस २२ गते मंगलबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी, आज राति तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ ।
मौसमविद्हरूले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता