आइतबारसम्म देशका धेरै भू-भागमा तुवाँलो, दुई दिनपछि मौसममा केही सुधार हुने सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका धेरै भू-भागमा केही दिनदेखि तुवाँलोको प्रभाव देखिएको जनाएको छ। महाशाखाले गरेको विशेष मौसम बुलेटिनमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली कायम रहनु, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्नु र तल्लो तहमा न्यून चापीय गतिविधि नबढ्नुका कारण पर्याप्त वर्षा हुन नसकेको उल्लेख गरेको छ।
महाशाखाका अनुसार वर्षा नहुँदा प्रदूषण वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएको छ, जसका कारण देशका धेरै स्थानमा तुवाँलो लागेको अवस्था छ। विभागले हालको मौसमी अवस्थाका कारण वायुमण्डलीय दृश्यता प्रभावित भएको जनाएको छ।
बुलेटिनमा आइतबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्न सक्ने र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। यसले क्रमिक रूपमा मौसममा केही सुधार आउन सक्ने महाशाखाको अनुमान छ।
विभागले तुवाँलोका कारण स्वास्थ्य तथा दैनिक जीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन तथा आधिकारिक सूचना हेर्न आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो