काठमाडौंमा पानीसँगै असिना
जलसरोकार
काठमाडौं: काठमाडौंमा पानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ ।
बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार आज अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड