काठमाडौंमा पानीसँगै असिना
जलसरोकार
काठमाडौं: काठमाडौंमा पानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ ।
बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार आज अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता