खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान
जलसरोकार
तनहुँ: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो ।
चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छ भने जेठ र असार दुई महिनाको आगामी आवमा भुक्तानी गरिने उक्त कार्यालयले जनाएको छ ।
तनहुँमा रु ३८ लाख ५९ हजार ७०० र नवलपुरमा रु १६ लाख ७९ हजार २०० गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष रु १५ हजार रहेकामा यस वर्ष वृद्वि गरी रु २५ हजार पु¥याइएको छभने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ ।
“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।” उनका अनुसार रु २५ हजारसम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ ।
उनले रु २५ हजारदेखि ४० हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५० प्रतिशत, रु ६० हजारदेखि ८० हजारसम्म २५ प्रतिशत र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए ।
“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने,“छ÷छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने