आजदेखि मौसममा सुधार, हिमालमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं । बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारततर्फ केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव आज रातिदेखि क्रमशः कमजोर हुँदै जाने र त्यसको असर कम भएसँगै मौसममा सुधार आउनेछ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहँदै आएको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग