आजदेखि मौसममा सुधार, हिमालमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं । बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारततर्फ केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव आज रातिदेखि क्रमशः कमजोर हुँदै जाने र त्यसको असर कम भएसँगै मौसममा सुधार आउनेछ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहँदै आएको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न
-
नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो : ऊर्जा मन्त्री कुलमान
-
आजदेखि मौसममा सुधार, हिमालमा हल्का हिमपातको सम्भावना
-
आर्थिक वर्ष २०७६-७७ को संकलित वित्तीय विवरण सार्वजनिक : सरकारी सम्पत्ति एक खर्ब १६ अर्ब रुपैयाँ नाघ्यो
-
तीन महिनामै थपियो सरकारी ऋण ५० अर्ब ६० करोड रुपौयाँ
-
२७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?