मौसम खराबीका कारण लामो तथा जोखिमपूर्ण यात्रा नगर्न विभागको आग्रह
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आगामी असोज २० गतेसम्म देशका अधिकांश स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो र भू-क्षयजस्ता विपदजन्य घटना घट्न सक्ने चेतावनी दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत राजमार्ग र जोखिमयुक्त स्थानहरूमा यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यातायात व्यवस्था विभागले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक अवस्था बाहेक लामो तथा जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा प्रवेश गर्ने यात्रु र यातायात व्यवसायीलाई रातको समयमा जोखिमपूर्ण सडक मार्गमा यात्रा नगर्न वा नगराउन अनुरोध गरिएको छ।
यात्रा तथा सडक अवस्थाबारे थप जानकारी आवश्यक परेमा नजिकैको प्रहरी चौकी वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा