मेलम्चीको ठेकेदारसँग सिंगापुरमा मुद्दा लड्न सरकारले ५४ करोड वकीललाई तिर्नुपर्ने
जलसरोकार
काठमाडौं : भुक्तानी नपाएर एकलौटी ठेक्का तोडेको मेलम्ची ठेकेदार सीएमसीले सिंगापुर इन्टरनेशनल आर्बिट्रेसन सेन्टरमा हालेको मुद्दाको प्रतिरक्षा गर्न नेपाल सरकारले ५४ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।
उक्त लागत अनुमानमध्ये परामर्शदाता (वकील) ले पेस गरेको टाइम सिटो आधारमा आयोजनाले शुल्क भुक्तानी गर्दै आएको छ । महालेखापरीक्षकको प्रतिवेदनले हालसम्म त्यस्तो भुक्तानी ५ करोड ३९ लाख ३८ हजार भइसकेको जनाएको छ ।
तत्कालीन नेकपाको दुई तिहाईको सरकारले मेलम्चीको इटालियन ठेकेदार सीएमसीलाई ३५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने विवाद समाधान समितिको निर्णयविपरीत भुक्तानी दिएन । काम गर्ने पैसा समेत नभएको भन्दै सीएमसी एकतर्फी ठेक्का रद्द गरी हिंडेको थियो ।
तर उसले सिंगापुर आर्बिट्रेसनमा ७ अर्ब १३ करोड रुपैयाँ माग दाबी गर्दै उजुरी दर्ता गरेको छ । उक्त ठेकेदारको उजुरीको प्रतिरक्षा गर्न मन्त्रिपरिषद्ले २०७९ फागुन ११ गते निर्णय गराई ६ महिनाका लागि अवधि स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयको आधारमा आयोजनाले सोझै खरिद विधिबाट प्रतिघण्टाको दरले शुल्क भुक्तानी गर्ने गरी एक विदेशी कानुन व्यवसायी फर्मलाई छनौट गरेको हो ।
सुरु निर्णयमा ६ महिनाका लागि परामर्शदता छनौट भएकोमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकबाट २०८० असार १६ देखि २०८१ असार १६ सम्मका लागि म्याद थप भएको थियो । ‘मध्यस्थताको कार्य प्रगति सुनश्चित गर्न मुख्य माइलस्टोनहरु निर्धारण गरी सोअनुसार प्रगति मापन गर्नुपर्ने’ महालेखापरीक्षकको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
-
कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
-
सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन