आज देशभर सामान्य बदली, कतिपय स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (विहीबार) देशभर मौसम सामान्यतया बदली रहने जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास भारततर्फ अवस्थित रहे पनि अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको विभागले जनाएको हो ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
राति पनि देशभर सामान्य बदली रहने विभागले जनाएको छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र अन्य भू–भागका एक–दुई स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
विभागले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र नदी–नालामा पानीको बहाव बढ्ने जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मितेरी पुल बग्दा रसुवा भन्सारको राजस्व लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा