देशभर साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, मधेस प्रदेशका थोरै भू–भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा