वर्षाका कारण चार प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, छ राजमार्ग आंशिक सञ्चालनमा
जलसरोकार
काठमाडौं: देशभर परेको अविरल वर्षाका कारण बाढी र पहिरोले चार वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने छ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर पूर्ण अवरुद्ध भएका हुन् ।
त्यसैगरी, वर्षाका कारण अवरुद्ध भएका अन्य छ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। काठमाडौँ–नुवाकोट सडकखण्ड (टोखा नगरपालिका–२), बाग्लुङ नगरपालिका, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका हुँदै सञ्चालन हुने कालीगण्डकी करिडोर तथा रोल्पाको परिवर्तन गाउँपालिका, ग्रामजिम, भुर्तिवाङ र धामाचौर खण्डको सहिद राजमार्ग आंशिक रूपमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले ती क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ। मौसम सुधारसँगै सडक खुलाउने प्रयास जारी रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा