तराईमा आज हुस्सु, मध्यान्नपछि क्रमिक सुधारको संकेत
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा हुस्सु/कुहिरो देखिए पनि मध्यान्नपछि क्रमिक सुधार हुने सम्भावना रहेको छ। बाँकी तराई भू-भागका अधिकांश स्थानमा भने मध्यान्नसम्म हुस्सु/कुहिरो कायम रहने अनुमान गरिएको छ।
यसैगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति तराई भू-भागका केही स्थानमा हुस्सु रहने सम्भावना छ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्को विश्लेषणअनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागले हुस्सुका कारण विशेषगरी बिहान र रातको समयमा दृश्यता कम हुन सक्ने भएकाले सवारीसाधन चलाउँदा सतर्कता अपनाउन अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता