तराईमा आज हुस्सु, मध्यान्नपछि क्रमिक सुधारको संकेत
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा हुस्सु/कुहिरो देखिए पनि मध्यान्नपछि क्रमिक सुधार हुने सम्भावना रहेको छ। बाँकी तराई भू-भागका अधिकांश स्थानमा भने मध्यान्नसम्म हुस्सु/कुहिरो कायम रहने अनुमान गरिएको छ।
यसैगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति तराई भू-भागका केही स्थानमा हुस्सु रहने सम्भावना छ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्को विश्लेषणअनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागले हुस्सुका कारण विशेषगरी बिहान र रातको समयमा दृश्यता कम हुन सक्ने भएकाले सवारीसाधन चलाउँदा सतर्कता अपनाउन अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलसरोकार डटकम को दोस्रो वार्षिकत्सव २०८२ LIVE
-
जलसरोकार डटकम को दोस्रो वार्षिकत्सव २०८२ LIVE
-
सुनचाँदीको मूल्य निरन्तर उकालो, सुनको मुल्य दुई लाख ८४ हजार ७०० कायम
-
काँकडभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
-
तराईमा हुस्सु/कुहिरोको सम्भावना, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली