तराईका केही स्थानमा मध्यान्नसम्म कुहिरो, कर्णाली–सुदूरपश्चिमका उच्च भेगमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज तराई भू-भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा देखिएको कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ।
यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल रहने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना समेत रहेको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ, जसका कारण पहाडी तथा हिमाली भू-भागमा बादल र हल्का हिमपातको अवस्था देखिन सक्ने जनाएको छ।
विभागले कुहिरोका कारण तराईका भेगमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता