तराईमा हुस्सु, पहाड र हिमालमा मौसम सफा
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि जारी गरेको मौसम बुलेटिनअनुसार तराई भू-भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने देखिएको छ।
विभागका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागिरहनेछ भने देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। पहाड र हिमाल क्षेत्रमा भने राति पनि मौसम प्रायः सफा रहने विभागको पूर्वानुमान छ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको मौसम विश्लेषणमा उल्लेख गरिएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण बिहान तथा रातिको समयमा यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
(बुलेटिन मिति: २०८२ पुष २८ गते, सोमबार बिहान ८:०० बजे)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता