सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तराईमा हुस्सु, पहाड र हिमालमा मौसम सफा

जलसरोकार
सोमबार, पुस २८, २०८२ | ०७:५६:१२ बजे

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि जारी गरेको मौसम बुलेटिनअनुसार तराई भू-भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने देखिएको छ।

विभागका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागिरहनेछ भने देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। पहाड र हिमाल क्षेत्रमा भने राति पनि मौसम प्रायः सफा रहने विभागको पूर्वानुमान छ।

हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको मौसम विश्लेषणमा उल्लेख गरिएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण बिहान तथा रातिको समयमा यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

(बुलेटिन मिति: २०८२ पुष २८ गते, सोमबार बिहान ८:०० बजे)

प्रकाशित मिति : सोमबार, पुस २८, २०८२ | ०७:५६:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया