सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तराई रमधेसमा कुहिरो, पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने

जलसरोकार
आइतबार, पुस २७, २०८२ | ०९:०६:०१ बजे

 

काठमाडौँ : आज बिहान ८ः०० बजे जारी गरिएको मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा फरक–फरक मौसम अवस्था रहनेछ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लागिरहने सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ।

प्रकाशित मिति : आइतबार, पुस २७, २०८२ | ०९:०६:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया