तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
जलसरोकार
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभावका कारण देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरक–फरक रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान ०८ः०० बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम प्रायः सफा रहने विभागको पूर्वानुमान छ।
विभागका अनुसार पश्चिमी वायूको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने अवस्था देखिएको हो। तराई क्षेत्रमा कुहिरोका कारण बिहान र रातिको समयमा दैनिक जनजीवन, सवारी आवागमन तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता