तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
जलसरोकार
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभावका कारण देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरक–फरक रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान ०८ः०० बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम प्रायः सफा रहने विभागको पूर्वानुमान छ।
विभागका अनुसार पश्चिमी वायूको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने अवस्था देखिएको हो। तराई क्षेत्रमा कुहिरोका कारण बिहान र रातिको समयमा दैनिक जनजीवन, सवारी आवागमन तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो