बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह
जलसरोकार
काठमाडौं: नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरकएकाले मनसुन गतिविधि केही कमजोर भएको छ । तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको गतिविधि भने पूर्णरूपमा थामिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदली देखिएको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईसहितका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको जानकारी दिएको छ।
यद्यपि, बुधबारदेखि केही स्थानमा आकस्मिक बाढीको जोखिम रहने चेतावनी महाशाखाले जारी गरेको छ। विशेषगरी ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुला र आसपासका जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जनाएको छ।
त्यसैगरी इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु, रसुवा, धादिङ, रामेछाप, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली र कञ्चनपुरमा बहने केही स–साना नदीमा आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको पनि पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी किनारमा बसोबास गर्ने, यातायात सञ्चालन गर्ने तथा खेतीपाती गर्नेहरूलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा