ऊर्जा मन्त्री खड्काको देशप्रति गद्दारीपन
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले राष्ट्रिय सभामा आज लोडसेडिङ्ग हुने जानकारी गराएर देशप्रति गद्दारीपनको नाङ्गो उदाहरण पेश गरेका छन् ।
देशको सम्पूर्ण विद्युत क्षेत्रको समन्वय, व्यवस्थापनको जिम्मेवारी लिएका मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु अस्वाभाविक देखिएको छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउन लागेका मन्त्री खड्काले विगतदेखिकै निरन्तरता भारतबाट सुख्खायाममा आवश्यक बिजुली खरिद गर्न गरिएको समझदारी नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट अनुमोदन नगराएर देशप्रति गद्दारी गरेका हुन् ।
खड्काले समग्र नेपाली जनताको विद्युत उपभोग गर्न पाउने अधिकारबाट बन्चित गराएका छन् । यसरी एउटा व्यक्ति खराब हुँदा राज्यसत्ताको दुरुपयोग गरी जुँगाको लडाई लड्ने मन्त्रीजस्तो पदको गरीमा समेत गिराएका छन् ।
देशमा विद्युत नहुँदा ३० रुपैया पर्ने डिजल प्लान्टसमेत चलाएर विद्युत सुविधा दिइएको थियो । कल्याणकारी राज्यसत्ताले जनताको हित हेर्नु पहिलो कर्तव्य हुन्छ । नेपालको संविधानको मूल मर्म पनि त्यही छ ।
तर मन्त्रीजस्तो व्यक्तिको बहुलठ्ठीपनले दु:ख पाउने आखिर जनता नै हुन् । उद्योगपति पनि कति न प्रधानमन्त्री, मन्त्रीको पछि लागे पनि आखिर विद्युत महशुल न मिन्हा भयो न भविष्यमा हुने नै छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पहिरो र बाढीले देशका विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक
-
आरसिओडी थपका लागि २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह