जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा मन्त्री खड्का सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूलमन्त्रको रुपमा लिई अघि बढ्ने

जलसरोकार
बुधबार, कात्तिक ०७, २०८१ | १३:४०:४९ बजे

काठमाडौं : ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरी त्यसको बक्यौता नतिर्ने व्यापारीका पक्षमा उभिएका ऊर्जा मन्त्री दीपक खड्काले सुशासन, पारदर्शिता र जवाफदेहीतालाई मूल मन्त्रको रुपमा लिई अघि बढेको बताएका छन् । 
मन्त्रालयको आफ्नो सयदिने यात्राका उपलब्धिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस मन्त्रालय मुलुकलाई समृद्ध, सबल र समुन्नत बनाउन एवं आफ्नो जिम्मेवारी र दायित्व प्रभावकारी ढंगले पूरा गर्न कटिबद्ध रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छु, ।’
ट्रंक र डेडिकेटेड बक्यौता नतिराउने उद्देश्यले ‘संसदको सार्वजनिक लेखा समितिमा विचाराधीन रहेको’ उनले बताए । 
मन्त्री दीपक खड्काले सरकार गठन भएको एक सय दिनको अवधिमै प्रतिकूल परिस्थितिका बाबजुद ऊर्जा मन्त्रालयले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको उल्लेख गरे । 
उनले भने, ‘देशले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेकाले ठूलो धनजन, भौतिक संरचना र प्राकृतिक सम्पदाको समेत क्षति हुन पुगेको सन्दर्भमा सरकारको ध्यान प्रथमतः तत्काल उद्धार एवं रातहत तथा विद्युतु् आपूर्ति लगायतका सेवा पुर्‍याउनुपर्ने क्षेत्रमा केन्द्रित गर्नुपर्ने बाध्यताका कारण प्रतिकूल परिस्थितिका बाबजुद हामीले महत्वपूर्ण उपलब्धिहरु यस अवधिमा हासिल गर्न सकेका छौं ।’
उनले ऊर्जा, जलस्रोत तथा सिंचाईं क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकको रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

 

प्रकाशित मिति : बुधबार, कात्तिक ०७, २०८१ | १३:४०:४९ बजे

प्रतिक्रिया