उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड


काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको उल्लेख गरेका छन् ।
“पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,” उनले भने, ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग पुग्दछ ।
सन् २०२५ मा यो दिवसको नारा ‘ग्लेसियर प्रिजर्भेसन (हिमनदी संरक्षण)’ रहेको छ ।
उपराष्टपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न हुने बताएका छन् । । त्यसैगरी, पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको सहभागितामा कमी, माटो क्षयीकरणलगायतले पनि पानीको सङ्कट गहिरिँदै गएको उनको भनाइ छ ।
उनले भनेका छन्, “पानीको अपर्याप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई सङ्कटमा पार्न सक्ने छ, नेपालमा पानीको स्रोतको स्तर तीव्र रूपमा घट्दो छ ।”
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
-
साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
भौतिक संरचना पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन
-
असोज मसान्तसम्म राजस्व लक्ष्यको ७८ प्रतिशत मात्र प्राप्त
-
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?