पश्चिमी वायुको प्रभावले पहाड–हिमालमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशभरको मौसममा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ। यसका कारण विशेषगरी पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराई क्षेत्र तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
यसै क्रममा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?