शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
जलसरोकार
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा रु छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् ।
सङ्घीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्याङ्की, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ ।
उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा