वर्षा र बाढीपहिरोबाट खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिदै
जलसरोकार
काठमाडौँ : हालैको अविरल वर्षाका कारण देशभरका खानेपानीमा पुगेको क्षतिको विवरण सङ्कलन कार्य सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले सातै प्रदेशका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।
विभागका महानिर्देशक ई. कमलराज श्रेष्ठका अनुसार देशभर रहेका १५ वटा कार्यालयलाई बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको छ । साथै, सम्बन्धित क्षेत्रमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आफ्नो आयोजनामा भएको क्षतिको विवरण कार्यालयमा पठाउन आग्रह गरिएको छ ।
महानिर्देशक श्रेष्ठले सङ्कलित विवरणलाई आधार बनाई तत्कालीन राहतका साथै दीर्घकालीन पुनःस्थापनाको योजना तयार गरिने जानकारी दिए । उनका अनुसार विशेषगरी इलाम र तराईका केही जिल्लामा खानेपानी संरचना बढी प्रभावित भएका छन् । सङ्कलनपछि प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्नेछ ।
विभागका अनुसार असोज १८ र १९ गतेको लगातारको वर्षाले पहाडी र भिरालो भू–भागका धेरै खानेपानी स्रोत र वितरण प्रणालीमा गम्भीर असर पु¥याएको छ । कतिपय स्थानमा पाइपलाइन बगाएको, इन्टेक संरचना भत्किएको, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरिएको, मोटर पम्प डुबानमा परेको र सरसफाइ उपकरणहरू क्षतिग्रस्त भएका छन् ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी क्षेत्रमा चार अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलाशय : बिजुलीभन्दा ठूलो सम्पत्ति पानी हो
-
डिम्याट खाता ८० लाख नाघ्दा करिब २९ लाख निष्क्रिय, ६७ करोडभन्दा बढी कित्ता सेयर अझै भौतिक प्रमाणपत्रमै
-
सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि उछाल
-
प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
-
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बक्यौता नउठाई घरायसी उपभोक्तामाथि भ्याट थोपर्नु विरोधाभासपूर्ण : कुलमान घिसिङ