उपमहासचिव दुलालद्वारा अध्यक्ष कार्कीको विज्ञप्तिमाथि गम्भीर आपत्ति
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीले जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसमा तथ्यविपरीत र भ्रामक कुरा समावेश गरिएको आरोप लगाएका छन्।
दुलालले सार्वजनिक गरेको लिखित धारणा अनुसार इप्पान को २३औँ र २४औँ वार्षिक साधारणसभाबाट पारित निर्णय कार्यान्वयन नगरी विधानविपरीत गतिविधि अघि बढाइएको दाबी गरिएको छ। उनले साधारणसभाबाट पारित विधान संशोधन कार्यान्वयन नगरी कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएको आरोपसमेत लगाएका छन्।
पत्रमा साधारणसभाको निर्णय कार्यसमितिले उल्ट्याउन नमिल्ने उल्लेख गर्दै त्यस्तो कार्य “कानुनी रूपमा अवैध” हुने जिकिर गरिएको छ। दुलालले अध्यक्ष कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा केही निर्णयहरू तोडमोड गरी प्रस्तुत गरिएको आरोप पनि लगाएका छन्।
उपमहासचिव दुलालका अनुसार इप्पानलाई थप प्रतिनिधिमूलक र सहभागितामूलक बनाउने उद्देश्यले महासंघमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको थियो। त्यसका लागि विधान संशोधन तथा पुनर्लेखन समितिसमेत गठन गरिएको उल्लेख पत्रमा छ।
यस्तै, आगामी नेतृत्व चयन प्रक्रियामा पनि विवाद देखिएको छ। दुलालले विधान संशोधनको प्रक्रिया टुंगो नलाग्दै निर्वाचन प्रक्रिया अघि बढाउनु संस्थागत सुशासनविपरीत हुने बताएका छन्।
ऊर्जा क्षेत्रको प्रभावशाली निजी संस्था इप्पानभित्रको यो विवाद सार्वजनिक रूपमा बाहिरिएपछि संस्थाको आगामी साधारणसभा, नेतृत्व चयन र विधान संशोधन प्रक्रियामाथि थप चासो बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्