चक्रवात ‘मोन्था’ को प्रभाव: पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : बंगालको खाडीमा विकसित भई भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको चक्रवात ‘मोन्था’ को प्रभावले शुक्रबार साँझसम्म नेपालको मौसम प्रभावित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । ती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहँदा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यससँगै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपात हुने सम्भावना छ भने बाँकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा पनि हिमपात हुन सक्ने उल्लेख गरिएको छ । तीमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी हिमपात हुनसक्ने चेतावनी दिइएको छ ।
मौसम विश्लेषणअनुसार, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने र त्यसपछि क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ । साथै, अहिले नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा